ताजा जानकारी
Home :: मध्य–पश्चिमाञ्चल :: 4.1 राप्ति अञ्चल (Rapti Zone) :: 4.1.5 दाङ जिल्ला (Dang District) :: चमेरी गुफा : तुलसीपुर–१ मूलकोटमा अवस्थित, दाङ ।

चमेरी गुफा : तुलसीपुर–१ मूलकोटमा अवस्थित, दाङ ।

Chamere Gufaदाङ जिल्लाको तुलसीपुर नगरपालिका–१ मूलकोटमा अवस्थित चमेरी गुफा प्रचारप्रसार अभावका कारण ओझेलमा परेको छ ।
करिब दुई दशक पहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवद्र्धन गर्नसके बाह्य तथा आन्तरिक पर्यटकको प्रवद्र्धन हुने स्थानीयको भनाइ छ । तुलसीपुर नगरपालिका–१ को मूलकोटमा रहेको चमेरी गुफासम्म पुग्नका लागि सामान्य मोटरबाटो पुगे तापनि पर्याप्तरुपमा त्यसको विकास हुन नसकेको स्थानीयवासी किरण केसीले बताए ।
तुलसीपुर बजारदेखि करिब १२ किलोमिटरको दूरीमा रहेको यस गुफाको प्रचारप्रसार र सम्बद्र्धन गर्नसके पर्यटकीयस्थलका रुपमा विकास गर्नसकिने यहाँका जानकारहरुको भनाइ रहेको छ ।
प्राकृतिकरुपमा रहेको गुफाको संरक्षण र यसलाई दिगो विकास गर्नसके दाङ जिल्लाको मुख्य पर्यटकीय क्षेत्रका रुपमा विकास हुने बताइएको छ । हाल गुफामा दैनिकरुपमा ३० देखि ४० सम्म सर्वसाधारण अवलोकनका लागि जाने गरेको स्थानीय सीताराम पुनले जानकारी दिए । विभिन्न तीनतला रहेको उक्त गुफासम्म पुग्नका लागि जिल्ला विकास समिति दाङ, तुलसीपुर नगरपालिका, स्थानीय सामुदायिक वन र पर्यटन विकास कार्यालय भैरहवाको आर्थिक सहयोगमा गुफासम्म पुग्ने बाटो तथा अन्य केही संरचना निर्माण भए पनि गुफाको पर्याप्त विकास हुन नसकेको स्थानीयको भनाइ छ ।
गुफाभित्र विभिन्न देवीदेवता, शेषनाग र बाघको स्वरुप पनि देखिने भएकाले गुफाको अवलोकन गर्ने जोकोही पनि चकित पर्ने गर्दछन् । गुफाको बाहिरी भाग र भित्री भागमा ती स्वरुप देखिन सकिन्छ । गुफामा विभिन्न तीन तह रहेका छन् । प्रत्येक तहका भित्तामा विभिन्न स्वरुप देख्न पाइन्छ । बाहिरबाट हेर्दा पहाड र त्यसभित्र अवस्थित चमेरी गुफामा चमेरा बस्ने भएका कारण यसको नाम चमेरी गुफा हुन गएको जानकारहरु बताउँछन् । करिब २०५२ सालतिर पत्ता लागेको यो गुफा कसले र कसरी पत्ता लाग्यो भन्नेबारे सबै अनभिज्ञ रहेका छन् ।
जानकारहरु भने भिरमा घाँस काट्न जाँदा पत्ता लागेको बताउँछन् । गुफासम्म पुग्न बाटोमा सिँढी निर्माणको काम थालनी भए पनि बजेट अभावका कारण सो काम सम्पन्न हुन नसकेको बताइएको छ । चमेरी गुफासम्म तुलसीपुर नगरपालिका र जिविस दाङको सहयोगमा बिजुली पुगेपनि सो विद्युत्ले मात्र पर्याप्त नभएको बताइन्छ ।
यसको विकास भए दाङको पनि विकास हुन्छ भन्दै स्थानीयले सरोकारवाला निकायले यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सबैले सहयोग गर्नुपर्ने बताएका छन् । गुफाको प्रचारप्रसार र विकास गर्नसके पर्यटकीय क्षेत्रका रुपमा विकास हुने र यसले स्थानीयको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
हाल गुफा संरक्षण समितिले चमेरी गुफा अवलोकनका लागि १५ रुपैयाँ लिने गरेको छ । त्यसबाट सङ्कलित रकम गुफाको विकासमा लगाउने जनाइएको छ । सेतोपाटी खबर

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*