ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.4 झापा जिल्ला (Jhapa District) :: श्री तिर्थस्थलः कालीका शक्ति पिठ, शनिश्चरे-झापा

श्री तिर्थस्थलः कालीका शक्ति पिठ, शनिश्चरे-झापा

[masterslider id=”2″]

तिर्थस्थलः श्री कालीका शक्ति पिठको परिचय

झापाको प्रमुख ब्यापारिक केन्द्र बिर्तामोड देखि लगभग साढेसात किलोमिटर उत्तरपूर्व, धाईजनबाट चार किलोमिटर पश्चिम र झापाको पुरानो बजार शनिश्चरेबाट लगभग अढाई किलोमिटर पूर्वमा रहेको देवीको शक्तिपीठ कालिकापीठ तथा कालीस्थानका नामले सुपरिचित छ । दैवीशक्तीको पीठका रुपमा रहेको यस स्थानमा प्रवेश गरेपछि औलोकिक आनन्दको अनुभुति जोकोहि भक्तजनलाई हुन्छ । सुन्दर प्राकृतिक एवम् मनोरम वातावरण रहेको कालीस्थान आसपासका गाउँमा लगाएको सुपारी बगानले यसको सुन्दरतालाई थप शोभा प्रदान् गरेको छ । कालीस्थानमा रहेको अक्षयबृक्षमुनी कालीदेवीको स्थान छ । औलोकिक शक्तिस्वरुपा माता जगदम्बाको यहि देवस्थलका कारण यस क्षेत्रको नाम कालीस्थान रहेको जनश्रुति पाईन्छ । कालीस्थान चौकको चौबाटोबाट उत्तर–पश्चिम कोणको ११ कठ्ठा क्षेत्रफलमा अबस्थित कालीस्थान धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वका दृष्टिले हेर्न लायक छ । कालीस्थान छेवैमा रहेको कालीस्थान मा.वि., बौधचक्र गुम्बा र दक्षिण–पुर्वी कोणमा रहेको जलकन्या देवी आदी शक्तिपीठहरुले पनि कालीस्थानको महत्वलाई बढाएको छ भने यहाँ आउने भक्तहरुले कालीस्थान सँगै यी तीर्थस्थलको दर्शन गर्नाले धार्मिक सहिष्णुताको अनुपम उदाहरण प्रस्तुत गर्दछ ।

यस धामको ऐतिहासिक आध्यात्मिक पक्षः

ददृशुस्ते ततोदेवीमीषद्धासां ब्यवस्थिताम्

सिंहस्योपरि शैलेन्द्र श्रृङ्गे महति काञ्चने ।।

सत्य युगमा पुरुषहरुबाट नमर्ने बरदान पाएको महिषासुर नामक राक्षसले देवताहरुलाई अति नै दुःख दिईरहेको थियो । पृथ्वीलोकमा दानवले दिएको दुःखबाट पीडित भएका देवताहरुले हिमवत श्रृङ्खला कञ्चनजंघा पर्वतको काखमा गएर माता जगदम्बाको स्तुति गर्न थाले । देवताको तपस्याबाट खुशी भएपछि प्रत्येक देवताहरुको तेज, आयुध, हातहतियारद्वारा सुसपज्जित भएकी माता जगदम्बा प्रकट हुनुभयो र सुनौलो मुस्कानबाट देवताहरुलाई प्रशत्र गराई दुःख कष्ट हरण गरिदिने आर्शिबचन दिनुभयो । तिनै जगदम्बा माताले कालीकाको रुप धारण गरी युद्धका लागि तयार भएर दानवहरुको बध गर्न थाल्नुभयो ।

एकेव शक्ति परमेश्वरस्य, भिन्ना चतुर्धाब्यवहार काले

भोगे भवानी पुरुषेषु बिष्णु, समरेच दुर्गाप्रलये काली ।।

भन्ने उक्तिलाई आत्मसात् गर्दै संहारिणी शक्ति कालीमाताले पृथ्वीको भार हरण गर्नका लागि दानवहरुको बध गर्ने क्रममा कञ्चनजंघा पर्वत श्रृङ्खलाबाट चालेको पहिलो पाईलो ताप्लेजुङको पाथीभरा शक्तिपीठमा राख्नु भएको थियो भने दोस्रो पाईलो झापा शनिश्चरे–३ स्थित कालीस्थान शक्तिपीठमा र तेस्रो पाईलो भारतको कोलकत्तास्थित कालीमाता शक्तिपीठमा परेकाले यी तिनै स्थलहरु पुण्यभुमी तथा भवानीका शक्तिपीठका रुपमा परिचित छन् । यसै सन्दर्भमा बि.सं.२०३३ सालमा कालीस्थानमा आयोजित बृहद हिन्दु धार्मिक सम्मेलनमार्फत ईतिहास तत्ववेत्ता शिखर आशुकवि पुरातत्वविद सँधै आफूलाई विद्यार्थी भन्न रुचाउने सिद्धबाबा योगि नरहरीनाथले भगवतीको पाईलो परेको घोषणा गर्दै कालीस्थानलाई शक्तिपीठ घोषणा गरेपछि यसको महत्व थप बढेर गएको प्रत्यक्ष अनुभुति गरिएको छ । साथै यस घोषणाले परापूर्वकालदेखि नै कालीस्थानको अस्तित्व थियो भन्ने पृष्टि पनि गर्दछ । कालीस्थानको ऐतिहासिक पक्षको अध्ययन गर्दा परापूर्वकालदेखि नै अक्षयबृक्षमुनी शक्तिस्वरुपा माता जगदम्बाको स्थान रहेपनि तराईको घना–जंगल र औलोको प्रकोप, बाघ, भालु आदि जङ्गली जनावरको त्रासका कारणमानिसको बसोबास नहुँदा बि.सं.२००५ सालसम्म पूजा–आराधना भएको त्यति पाईदैन । बि.सं.२०१४ सालमा मात्रै अनारमनी वीर्तामाल अन्र्तगत पर्ने यस स्थलको मन्दिर संरक्षणार्थ वीर्तामालले जंगल फडानी गरी बस्ती बसाएको तथा बि.सं.२०१४ सालमा राजा महेन्द्रले आसाममा रहेका नेपालीहरुलाई नेपाल फर्कन आव्हान गर्दै गित गाएपछि १८ घर–परिवार यस स्थानमा आएर बसेको बयोबृद्धहरु बताउँछन् ।

मानिसको बसोबास बृद्धिसँगै यहाँको शैक्षिक, धार्मिक र सामाजीक विकास तथा अनुकुल वातावरणका कारण यहाँको जनघनत्व दिनानुदिन बृद्धि भईरहेको छ । यहाँ दैवी शक्तिपीठ रहेको कसरी र कोबाट प्रमाणित भयो ? भन्ने बिषयमा एउटा किम्वदन्ती पाईन्छ । रामानुज बैष्णव समुदायका भोलाईदास नामका थारु सन्तको निवास शनिश्चरे–६, सालबाडीमा थियो । अखण्ड धुनी जगाईने उनका घर–आँगनमा अनेकौ साधु–सन्तहरु आउने–जाने गर्दथे । डुल्दै–डुल्दै भोलाईदासकहाँ आएका एक सन्तले बिशाल अक्षयबृक्षमुनी कालीको प्रतिमा भेटेर नित्य पूजा–पाठ गर्नु भनेपछि यहाँका रैथानेहरुले बैशाख पुर्णिमाका दिन मेला लगाउने र नित्य पूजा गर्न थालेको पाईन्छ । नाम, थर र बसोबासस्थल नखुलेका ती सन्तले माटोबाट देवीको मूर्ति प्राण प्रतिष्ठा गराए पछि नित्य पूजाआरधना हुने गरेको र देवीलाई सम्झिएर गरेका भाकलहरु पुराहुन थालेपछि शक्तिपीठको महत्व बढ्ेर गएको पाईन्छ । निष्ठापूर्वक पूजा–आराधना गरे फलिफाप हुने र मनोकांक्षा पूरा हुने जन–विश्वासका साथ देश–विदेशका भक्तजनहरु यसस्थानमा आएर पूजा–आराधना गर्दछन् ।

यस धामको भौतिक विकासः

स्थानीय समाजसेवी व्यक्तित्व दलमान तामाङ (चैनपुरे बा) ले मन्दिरका लागि बि.सं. २०१९ सालमा ११ कठ्ठा र उनका नाति र्का बहादुर तामाङले १ कठ्ठा जग्गादान गरेपछि थालिएको पूर्वाधार विकास तथा मनिद्यर व्यवस्थापनका लागि भएका कार्य प्रसंशनीय छन् । नेपाल तथा भारतका धर्मानुरागि दानदाताहरुको सहयोगबाट हाल यस परिषरमा तिन करोड बढीको भौतिक संरचनाहरु निर्माण भईसकेकाछन् । ज्योतिषाचार्य पं. लक्ष्मीप्रसाद पोख्रेलको नेतृत्वमा मन्दिर तथा गुरुकुल व्यवस्थापन समिति बि.सं.२०५७ सालमा गठन भएपछि पोख्रेलकै अगुवाईमा शुरु भएको पूर्वाधार निर्माणमा उल्येख्य प्रगति भएको पाईन्छ । यसमा स्थानीय दानदाताहरुको सहयोग तथा भारतका बिभिन्न स्थानका धर्मानुरागीहरुले पूर्वाधार निर्माणमा गरेको सहयोग उत्तिकै सराहनीय र प्रशंसनीय छ ।

प्रसिद्ध कालीस्थान धामः

अक्षयबृक्षमुनी रहेको यस देवीस्थानमा नवदुर्गाको स्मृतिस्वरुप नवद्वार निर्माण गरी प्रत्येक द्वारमा घण्ट राखिएको छ । हिन्दु परम्परा अनुसार प्रत्येक बर्ष आश्विन शुक्लपक्ष नौरथाको अवसरमा देवीको बिशेष पूजा–आराधना गरिन्छ भने पुजारीबाट नित्यपुजा हुनुका साथै भक्तजनहरुको उल्येख्य उपस्थिति रहन्छ ।

कालीस्थान धाम प्राङ्गणमा शिवालय मन्दिरः

देवताहरुका पनि देवता शिव शक्तिको पूजा–उपासनाका लागि काठमाण्डौं निवासी पवन गोल्यान र सुरभी गोल्यानले निर्माण गरिदिएको जयन्तेश्वर शिवालयमा कालीका मातृ समूहको अगुवाईमा दाताहरुको सहयोगबाट चाँदीको सप्तनाग प्राणप्रतिष्ठा गरिएको छ । शिवालय भित्र चारैकोणमा शिशवपाञ्चायन देवताको प्राणप्रतिष्ठा गरिएको छ । वि.सं.२०६३ सालदेखि अखण्डद्विप प्रज्वलन गरिएको शिवालयमा ११ जना बटुकहरुद्वारा दैनिक रुद्राभिषेक यज्ञ गरिन्छ ।

कालीस्थान धाम प्राङ्गणमा गणेश÷हनुमान मन्दिरः

मन्दिर परिषरको पूर्वीद्वारमा गोल्यान परिवारकै सहयोगमा गणेश र हनुमान र कृतिम पञ्चवटी धारा निर्माण गरिएको छ । गणेश चौथी र हनुमान जयन्तिमा बिशेष पूजा आरधना हुने यो मन्दिरमा दैनिक पूजा–अर्चना गरिन्छ । मन्दिर छेवैमा आकर्षण तुलसी मठ रहेको छ ।

कालीस्थान धाम प्राङ्गणमा पाथीभरा देवीको प्रतिमाः

मन्दिर परिषरभित्र रहेको कलकत्ता निवासी मनाज जैनद्वारा निर्मित अफिस भवनको छतमा पाथीभरा देवीको मूर्ति स्थापित छ । पाथीभराबाट कालीस्थान फड्कने क्रममा दोस्रो पाईलो राखेको परिवेश बुझाउने कालीमाताको प्रतिमा निकै आर्कषण र प्राकृतिक लाग्छ । कालीस्थानलाई शक्तिपीठ घोषणा गर्नुहुने जगतनुरु श्री योगी नरहरीनाथ र भगवान् श्रीकृष्णचन्द्रको प्रतिमा रहेको यस स्थानमा दैनिक पुजन गरिन्छ ।

यज्ञशाला सप्तऋषिः

कश्यपोऽत्रि वशिष्ठश्च भरद्वाजोऽथ गौतमः

विश्वामित्र जमदग्नि एते सप्तर्षयोऽमलाः ।।

अरुन्धतीसहित सप्तऋषिहरु कश्यप, अत्रि, बशिष्ठ, भारध्वज, विश्वामित्र, गौतम, जमदग्निको प्रतिमा रहेको यज्ञशालामा दैनिक प्रातः हवन हुने गरेको छ । मुख्यगरी ऋषि पञ्चमीका दिन सप्तऋषिहरुको पूजा–आरधना गर्दा बर्ष भरी गरिएका ज्ञात अज्ञात पापकर्महरुको प्रायश्चित हुने बिश्वासका साथ आसपासका महिलाहरुको उल्येख्य उपस्थितिमा प्रत्येक ऋषिमुनीहरुको विशेष पूजा–आराधना गरिन्छ । यस पर्वमा देखिएको उपस्थितिले मेलाकै रुप लिने गर्दछ ।

श्रवणहल पाठशालाः

दानदाताहरु कृति केडियाको सहयोगमा पाठशालाको निर्माण गरिएको छ ।

यातायात:

यातायातका लागि प्रशिद्ध नगरी बिर्तामोडबाट ७ कि. मि. उत्तरमा रहेको यस् धामसम्म आउन पक्की सडक रहेको एबं यातायातका साधन प्रसस्त पाइनेछ । साथै भद्रपुर बिमानस्थलबाट पनी सिधै बिर्तामोड, सनिस्चरे हुँदै यस् धाममा आउने सुबिधा रहेको छ ।

ध्यान दिनुपर्ने कुराहरु:

धुम्रपान, मध्यपान, मांसहार एबं मर्यादा बिपरित कार्य गर्न पाइदैन् । धाम दर्शनमा आएका तिर्थालु पर्यटकहरुले मुल मन्दिर भित्रको फोटो खिच्न पाइदैन् । यसमा ध्यान दिनु पर्ने हुन्छ ।

खाना र बस्नको ब्यबस्था:

धाम परिसरको नजिकै रहेको होटेल अती सुबिधा युक्त सुरुङामा रहेको होटेलमा जस्तै HOTEL DELIGHT (होटेल डिलाइट) सुबिधा सम्पन्न पार्किङ् ब्यबस्था भएको होटेल यहाँ हरुको सधैं सेवामा रहेको छ ।

यस क्षेत्रको महत्व:

प्रत्येक बर्ष आश्विन शुक्लपक्ष नौरथाको अवसरमा देवीको बिशेष पूजा–आराधना गरिन्छ भने पुजारीबाट नित्यपुजा हुनुका साथै भक्तजनहरुको उल्येख्य उपस्थिति रहन्छ । अखण्डद्विप प्रज्वलन गरिएको शिवालयमा ११ जना बटुकहरुद्वारा दैनिक रुद्राभिषेक यज्ञ गरिन्छ । गणेश चौथी र हनुमान जयन्तिमा बिशेष पूजा आरधना हुने यो मन्दिरमा दैनिक पूजा–अर्चना गरिन्छ । अरुन्धतीसहित सप्तऋषिहरु कश्यप, अत्रि, बशिष्ठ, भारध्वज, विश्वामित्र, गौतम, जमदग्निको प्रतिमा रहेको यज्ञशालामा दैनिक प्रातः हवन हुने गरेको छ । मुख्यगरी ऋषि पञ्चमीका दिन सप्तऋषिहरुको पूजा–आरधना गर्दा बर्ष भरी गरिएका ज्ञात अज्ञात पापकर्महरुको प्रायश्चित हुने बिश्वासका साथ आसपासका महिलाहरुको उल्येख्य उपस्थितिमा प्रत्येक ऋषिमुनीहरुको विशेष पूजा–आराधना गरिन्छ ।

श्री कालीका शक्ति पिठ धाम, तथा  अन्य आकर्षण तस्बिरहरु:

0

2

10

1

3

4

5

6

7

8

9

12

11

About Adhikari Bhishma

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*