ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.2 कोशी अञ्चल (Koshi Zone) :: 1.2.2 तेह्रथुम जिल्ला :: तिन संगम तीनजुरेमा लालीगुराँस राताम्ये

तिन संगम तीनजुरेमा लालीगुराँस राताम्ये

तिन संगम तीनजुरेमा लालीगुराँस राताम्ये (फिचर सहित)

संखुवासभा,फागुन २६ । ताप्लेजुंग , तेह्रथुम र संखुवासभाको संगम स्थलमा लालीगुँरासको राजधानीले तीनजुरे मिल्केमा गुराँस फुलेर रातै भएको छ । तीन जिल्लाको संगम तीनजुरेमा गुराँस फुलेर रातै भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्न थालेका छन् । तीनजुरे मिल्के जलजले क्षेत्रमा पाइने २८ प्रजातिका गुराँसका कारण चर्चित रहेको छ । वनपाखा रातै हुने गरी अहिले गुराँस फुलेपछि यो क्षेत्रको पदमार्ग व्यस्त भएको एक होटल संचालकले बताए । नौ महिना सुनसान हुने यो क्षेत्र गुराँस फुले सगै यतिबेला पर्यटकीय चहलपहल निकै बढेको स्थानियहरु बताउछन् । यो समयमा तेह्रथुम जिल्लाको बसन्तपुरदेखि संखुवासभाको गुफा बजारसम्मका होटल तथा लज पूर्णरुपमा भरिने एक होटल संचालकले बताए ।

-योगी योगेन्द्र

Lali Guras 2

Lali Guras 3

Lali Guras 4

Lali Guras 5

Lali Guras

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*