ताजा जानकारी
Home :: सुदुर–पश्चिमाञ्चल :: 5.2 महाकाली अञ्चल (Mahakali Zone) :: 5.2.2 वैतडी जिल्ला (Baitadi District) :: चार वटा केदार देवताहरूको देवस्थल: बैतडी

चार वटा केदार देवताहरूको देवस्थल: बैतडी

ग्वाल्लेक केदार धाम सहित् बैतडी जिल्लाको नामाकरण

Gwalek kedar dham Baitadiयस जिल्लाको नाम बैतडी कसरी रहन गयो  “यहा वायावड नामको पहाड छ जहाँ जोडले हावा चल्ने हुदा संस्कृत भाषामा त्यसलाई वैतड भन्न थालियो जो पछि बैतडी नामले प्रख्यात भयो यही नाममा जिल्लाको नाम रहन गएको छ।” भनि उल्लेख छ।
जिल्ला विकास समितिको कार्यालय सूचना केन्द्र बैतडीबाट प्रकाशित जिल्ला विकास योजना २०६३/०६४ अनुसार “बैतडीको वरिपरि पहाडहरूमा चार वटा केदार देवताहरूको देवस्थल छ। ती चारवटा केदार मध्ये दक्षिणमा ग्वाल्लेक केदार पूर्वमा रौलाकेदार उत्तरमा देउलेक केदार र पश्चिममा ध्वज केदार पर्दछन जुन आराध्यदेव महादेवका रूप हुन भन्ने भनाई छ। यसरी शक्तिशाली देवताको छत्रछाँयामा रहेको यो हिन्दुहरूको आध्यात्मिक तवरले ज्यादै पवित्र र पुण्यभूमी हो भनेर पुराणकालमा वर्णन गरेको पाइन्छ। यी चारैवटै केदारको देवस्थलमा यात्रा गर्न सके चारधाम गरे सरह हुन्छ भन्ने भनाई पनि छ। देवस्थलहरूमा बैतडी सदरमुकामबाट सहज ढंगले यात्रा गर्न सकिन्छ। हाल ग्वाल्लेक केदार भनिने पर्वतलाई पहिले वायोत्तड पर्वत भनिने रहेछ र त्यहाँ ज्यादै हावा लाग्ने गर्दछ। बढी हावा लाग्ने भएकोले संस्कृतमा वायोत्तड (वाय+त्तड) अर्थात वायु चल्ने ठाँउ पछि वायुत्तडबाट बायोत्तड र बैतडी पछि शब्दको अपभ्रंस हुदै गई अन्तमा बैतडी नाम रहेको हो” भन्ने भनाई छ
डडेलधुरा नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चलको एउटा पहाडी जिल्ला हो।यस जिल्लाको पूर्वमा डोटी,उत्तरमा बैतडी,दक्शिणमा कन्चन्पुर पर्छ।यस जिल्ला को पश्चिमम भने भारतको उत्तर प्रदेश पर्छ। नेपाललाई ७५ जिल्लाहरूमा विभाजन गर्नु पूर्व डोटी जिल्लाबाट डडेलधुरा जिल्लाको प्रशासनीक नियन्त्रण हुने गर्दथ्यो।

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*