ताजा जानकारी
Home :: पश्चिमाञ्चल :: 3.1 गण्डकी अञ्चल (Gandaki Zone) :: 3.1.6 गोर्खा जिल्ला (Gorkha District) :: गोरखा दरबारको मर्मत सकियो, अवलोकनका लागि खुल्ला

गोरखा दरबारको मर्मत सकियो, अवलोकनका लागि खुल्ला

Gorkhaa Darwarविनाशकारी भूकम्पले क्षति पुगेको ऐतिहासिक गोरखा दरबारस्थित गोरखकाली मन्दिर पर्यटक तथा भक्तजनका लागि आजदेखि खुल्ला गरिएको छ।
सुरक्षाको अवस्था देखाउँदै यसअघि दरबार हेरचाह अड्डाले सूचना जारी गरेर भक्तजनलाई दरबार क्षेत्र प्रवेश गर्न रोक लगाएको थियो।
भूकम्पले भत्काएको गोरखनाथ मन्दिर, कालिकाको मन्दिर, गोरखा दरबार, पर्खाल मर्मत गरेपछि नियमित पूजाका लागि खुल्ला गरिएको दरबार हेरचाह अड्डाका प्रमुख गणेश भट्टराईले जानकारी दिए।
“पुरातत्व विभागले पठाएको २५ लाख रुपैयाँले पहिलो चरणको मर्मत गरियो” भट्टराईले भने, “गोरखकाली मन्दिरमा बलि पूजा र गोरखनाथ मन्दिरमा पूजाआजाका लागि खुल्ला गरिएको हो ।” भूकम्पले गोरखा दरबारको झिँगटी, पर्खाल, टुँडाल, गोरखनाथ गुफा मन्दिरका साथै रोट पोल्ने ठाउँ, पशुपति, गुहृेश्वरीको मन्दिरमा क्षति पुगेको थियो ।
“दरबार क्षेत्र मर्मतका लागि करोडौँ बजेट आवश्यक पर्छ” भट्टराईले भने “गोरखा दरबारको आँगन करिब तीन इन्च तल धसिएको छ।” दरबार क्षेत्रभित्र रहेको चौघेरा मन्दिरको मर्मत गरिएको छैन । साथै चौघेरा दरबार नजिकै रहेको गणेशको मन्दिर पनि पुनःनिर्माण गर्न बाँकी रहेको भट्टराईले बताए।
कालीकाको मन्दिरमा दिनहुँ ३०० भन्दा बढी भक्तजन पूजाआजाका लागि आउने गर्छन् । प्रत्येक अष्टमीमा भक्तजनको भीड लाग्ने गोरखकाली मन्दिरमा केही वर्षअघिदेखि दिनहुँजसो बलि पूजा हुन्छ ।सेतोपाटी खबर

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*