ताजा जानकारी
Home :: समाचार (News) :: धार्मिक समाचार (Religious News) :: ‘गुरुत्वाकर्षण तरंग र मिलारेपा शिवलिंग’ बीचको वैज्ञानिकता’

‘गुरुत्वाकर्षण तरंग र मिलारेपा शिवलिंग’ बीचको वैज्ञानिकता’

भाग १ ÷ गुरुत्वाकर्षण तरंग

हालै केहि महिना अगाडि मात्रै अमेरिकामा बिश्वको एक हजार बैज्ञानिकहरुले पत्रकार सम्मेलन गरेर gravity गुरुत्वाकर्षण तरंगको पुष्टि भएको घोषणा गर्‍यो, बैज्ञानिक हरुले अमेरिकामा रहेको दुई वटा प्रयोगशाला श्रवण(सुन्ने)केंद्र बाट गुरुत्वाकर्षण तरंगको पत्ता लगाएको हो,सेकेन्ड को केहि भाग मात्रै बैज्ञानिक हरुले सुनेको तरंग 1.3 अरब बर्ष अगाडिको दुई ब्ल्याक होलमा भएको संलयन थियो।

भाग २ ÷ कैलाश पर्वत बिज्ञानमा

mohlbbbb

कैलाश पर्वत निर्जन दुर्गम हिमवत क्षेत्रमा रहेको यो पर्वत धेरै कारणले महत्त्वपूर्ण रहेकोे छ, यसको बारेमा थुप्रैपटक बैज्ञानिक हरुले अनुसन्धान पनि गरेको छ।
कैलाश पर्वतको संरचना कम्पास को चार दिक् बिन्दुको पिरामिड आकारमा रहेको छ,यो पर्वत लाई स्पर्श गरेर चार हिम नदि सिंध,ब्रह्मपुत्र, सतलज र कर्णाली, बगेको छ,वैज्ञानिक हरुको अनुसार यो पृथ्वीको केंद्र हो,जसलाई एक्सिस मुंडी (Axis Mundi)भनिन्छ अर्थात संसारको नाभि अथवा आकाशीय ध्रुव र भौगोलिक ध्रुव को केंद्र जहाँ आकाश र पृथ्वीको बीच संबंधको एक बिंदु भएकोले दसै दिशा मिल्दछ।
कैलाश पर्वत र त्यसको वरिपरिको बातावरण को बारेमा अध्यन गरिरहेको रसिया को वैज्ञानिक Tsar Nikolai Romanov को यो रिपोर्ट U N Special Magzine मा January-August 2004
प्रकाशित रिपोर्ट अनुसार एक्सिस मुंडी
कैलाश पर्वत को चारैतर्फ एक अलौकिक शक्ति
का प्रवाह हुने गरेको छ, जहाँ गुफा हरुमा ध्यानस्थ तपस्वी लामा हरुले
आध्यात्मिक गुरु संग अझै पनि telepathic माध्यम बाट संपर्क गर्ने गरेको देखिन्छ भनेर प्रकाशित गरेको छ।

भाग ३ ÷ कैलाश पर्वत अध्यात्मिक रूपमा !

mohalblk

महायानी बौद्ध हरुले घाङरी रेम्पुर्छे हिन्दुले कैलाश पर्वत जैन ले पवित्र अष्टापद बौद्ध हिन्दु जैन बोन सबै धर्मको पवित्र साझा स्थल हो कैलाश पर्वत !
देवाधी देव महादेव शिवको बासस्थान, बोन धर्म को तेन्पा सेराप देखिन बौद्ध धर्मको गुरु रेम्पुर्छे मिलारेपा सम्मको महायोगी हरुले साधना गर्ने पावन पवित्र स्थल ! गुरु र्हेम्पुर्छे र तामाङको बोन्पो गुरु बिचमा सम्झौता गरेको स्थल । जैन धर्मको प्रथम तीर्थकर ऋषभदेवले यही भूमिमा निर्वाण प्राप्त गरेको स्थल भने आदि शंकराचार्य ले पनि यसै पवित्र स्थलकै ओरिपरी नै आफ्नो देह त्याग गरेको थियो भन्ने भनाइ रहेको छ ।

भाग ४÷ महायोगी मिलारेपा

mohalkekh

यही कैलाश पर्वतको शिखरमा ११ औं सताप्दिमा बौद्ध धर्मको महा योगी मिलारेपाले आरोहण गरेको थियो, उहाँले सोझै अलौकिक ध्वनि स्रवण गरेर सम्बाद गर्नुहुन्थ्यो भन्ने बिश्वास रहेको छ त्यसैले पनि मिलारेपाको थाँका चित्रमा दायाँ हातले कानमा पुर्‍याएर केहि सुन्न खोजेको रूपमा चित्राङ्कित गरेको हुन्छ, मैले जोड्न खोजेको कुरा यो हो की आजको हजारौं बैज्ञानिक हरुले अमेरिकाको श्रवण प्रयोगशाला बाट गुरुत्वकार्षण तरंग सुन्न सफलता मिलेको भनेको यी महायोगीले हजार बर्ष अगाडि नै आफ्नो अध्यात्मिक योग बाट श्रवण गरिसकेको त होइन ?

mohallakahaka

भाग ५÷ शिवलिंग

Axis Mundi अर्थात पृथ्वी र आकाशको केन्द्र स्थल,प्राकृतिक रूपमा उभिएको एक प्रकारको पिरामिड जस्तो कैलाश पर्वतको प्रतिक चिन्ह हो शिवलिंग। लिंग अर्थात् चिन्ह स्तम्भ प्रतीक स्वरुप आदि।

sivling
जाँदाजाँदै एउटा कुरा पनि जानकारी गराउँदै……… शास्त्रीय रूपमा निर्मित शिवलिंग भएको स्थान हरुमा भारतको रेडियो एक्टिविटी म्यापमा न्युक्लिएर रिएक्टर देखिन रेडिएशनसम्म अधिक मात्रामा पाएको देख्यो । किन भयो यस्तो ? लिंग लाई पनि शिस्न भनेर बुझ्ने हरुलाई आजै देखि यसको खोजीमा जुट्नु होला । (मोहन लामा रुम्बा) सहयात्री: http://www.ekoshi.com/2016/03/4842/

१८ चैत्र २०७२

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*