ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.2 पाँचथर जिल्ला (Panhthar District) :: कुम्मायक कुस्सायक (श्री सिंह सिद्ध तिर्थ स्थल) यासोक, पाँचथर

कुम्मायक कुस्सायक (श्री सिंह सिद्ध तिर्थ स्थल) यासोक, पाँचथर

तिर्थ स्थलः कुम्मायक कुस्सायक (सिंह सिद्ध तिर्थ स्थल)
पाँचथर क्षेत्र नं. २ को यासोक बजार जहाँ सिंह सिद्ध अर्थात कुम्मायक कुस्सायक नामले चिनिने देवस्थल रहेको छ । लिम्बु मुन्धुम अनुसार लिम्बु समुदायको आराध्यदेवी युमा साम्माङको उत्पतिको ईतिहास जोडिएको यी देवीस्थल पाँचथर मात्र नभएर पूर्वी नेपालका अधिकांस जिल्लावासीको आस्थाका केन्द्र हुन । कुम्मायक कुस्सायक देवस्थल पाँचथर वाहेक नेपालका अन्य जिल्ला सहित भारतको सिक्किम तथा वेष्ट बंगाल राज्यसम्मका दर्शनार्थी सहित आन्तरिक र बाह्य पर्यटक आउने गर्दछन् ।
सदरमुकाम फिदिम देखि २६ कि.मि. दक्षिण, पश्चिममा यासोकको बजार अबस्थित छ । यहाँ पुनः सदरमुकाबाट राँके, सुलुम्फी, आङसाराङ हुँदै नियमित ट्याक्सीको सुबिधा छ । हालै फिदिममा सर्खण्डे, रानिगाँउ यासोकको सडकखण्डमा पर्ने ट्याक्सी चल्न थालेकाले यहाँसम्म पुग्न कुनै समस्या छैन ।
कुम्मायक कुस्सायक अर्थात सिंह सिद्ध तिर्थस्थल पुगेर पुजा गर्दा मनकामना पुराहुने बिश्वास छ । यस क्षेत्रमा हरेक ३/३ बर्षमा त्रिशाली मेला लाग्ने गरेको छ । मनोकांक्षा पुराहुने बिश्वासले यहाँ हजारौ भक्तजन आएर आराध्यदेवीको आराधना गर्दछन ।
मनोकामना पुरा भएपछि भक्तजनले त्रिशाली मेलामै आफूले भाकल गरी देवीप्रति अर्पित गरिएका बोका, भेडा, राँगा, भाले आदि पशुको बली चडाउने गर्दछन । यो अर्थमा पनि कुम्मायक कुस्सायक (सिंह सिद्ध तिर्थ स्थल) धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ ।

यातायात:-
झापाको विर्तामोड देखि ईलाम, राँके हुँदै राँके-रबि सडक अन्तर्गत दशमीबजार, सुलुम्फी, आङसाराङ हुँदै यो धाममा आउन नियमित ट्याक्सीको सुबिधा छ । साथै फिदिमबाट सर्खण्डे, रानिगाँउ यासोकको सडकखण्डमा चल्ने ट्याक्सीबाट यहाँसम्म पुग्न कुनै समस्या छैन ।

यात्रा समय:-
सदरमुकाम फिदिम देखि २६ कि.मि. दक्षिण, पश्चिममा रहेको यासोक बजारको मुख्य आकर्षक कुम्मायक कुस्सायक अर्थात सिंह सिद्ध तिर्थस्थल मन्दिरसम्म ट्याक्सीको सवारमा करिब २ घण्टाको यात्रा पश्चात यहाँ आइपुगिन्छ । आफ्नो समय अनुकुल मिलाई जुनसुकै समयमा यो धाममा युमा देबीको दर्शन गरे आफ्नो मनोकांक्षा पुरा हुनेछ ।

कुम्मायक कुस्सायक अर्थात सिंह सिद्ध तिर्थस्थल मन्दिर अन्य आकर्षण तस्बिर

yasok mandir sidi

yasok mandir sidi 2

yasok mandir sidi 1

Yasok Bazar

Yasok Bazar 1

Yasok Bazar Graund

Yasok Bazar Limbu Dhan-Nach

yasok Falgunanda Park

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*