ताजा जानकारी

किचकबध, झापा

मेची अञ्चल झापा जिल्लाको चन्द्रगढी बजार देखि करिब १० कि.मि. दक्षिणमा प्रशिद्ध किचकबध क्षेत्र पर्दछ । पृथ्वीनगर गा.वि.स. वडा नं. ५ मा पर्ने यस क्षेत्रलाई महाभारतका पात्र किचकलाई भीमले बध गरेको स्थानका रुपमा किचकबध भनिदै आएको हो । यस स्थानमा नेपाल पुरातत्व वस्तु विभागले बेलाबेलामा उत्खनन् गरी बिभिन्न प्रकारका पुरातात्विक वस्तुहरु फेला पारेको छ । इसापूर्व कालतिर नै बस्ती बसिसकेको उक्त स्थानमा ऐतिहासिक र पुरातात्विक वस्तुहरु प्रशस्तै पाईने हुनाले ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले यसको महत्व अत्यधिक मात्रामा बढेर गएको हो । अन्य आकर्षणका रुपमा यस स्थानको वरपरका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा जस्तैः झापाको खुदुनाबनरीको साधुटार, अनारमनीको विराट पोखर, मेचिनगर नगरपालीकाको पातालगंगा, बाहुनडाँगीमा अबस्थित श्री कृष्णथुम्की, काकरभिट्टामा अबस्थित टासिछोयोलिङ्ग गुम्बा, सबै भन्दा होचो स्थान केचनाकबल, यस्तै पर्यटकीय क्षेत्रमा आकर्षणमा अर्को पुग्नै पर्ने शनि–अर्जुन नगरपालिकामा पर्ने सुखानी सहिद स्मृति पार्क, श्री अर्जुनधारा जलेश्वर धाम साथै रमणिय गन्तब्यको रुपमा लिईने दोमुखा पर्यटकीय क्षेत्र, बिभिन्न चुरे पहाडको दृष्यावलोकनमा रमाईने धार्मिक ठाउँ शिव–सताक्षी नगरपालिकाको श्री सतासीधाम, जामुनवारी, चिल्लागढ, श्री कालीका शक्ति पिठ, श्री बिन्ध्याबासिनी लगायतका थुपै्र धाम तथा यी क्षेत्रको आ– आफनो महत्व रहेको र सिङ्गो झापा जिल्लामा यी धरोहर धार्मिक तथा पर्यटकीय क्षेत्रहरुले पर्यटन विकासमा थप टेवा पुर्याउँदै आएको छ ।

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*