ताजा जानकारी
Home :: पश्चिमाञ्चल :: 3.2 लुम्बिनी अञ्चल (Lumbeni Zone) :: 3.2.2 गुल्मी जिल्ला (Gulmi District) :: कालीगंगाले दर्शनगर्ने एकमात्र शिवलिङ्ग श्रीअचम्मेश्वर शिवलिङ

कालीगंगाले दर्शनगर्ने एकमात्र शिवलिङ्ग श्रीअचम्मेश्वर शिवलिङ

achammeswor-siva-linga

तिर्थ स्थलः श्री अचम्मेश्वर शिव लिङ
स्वयम उत्पत्ति भएका बिभिन्न आकृतिका मुर्तिहरु महादेवको मुर्ति, बसाहा, र शिबलिंगमा प्राकृतिक रुपमा जलबृस्टिको दृश्य सहितको गुप्फा गुल्मीको ग्वादी गा.बि.स ५ याडुङ  साँघुरे भन्ने स्थानमा रहेको छ् । दुइ वटा पहाड बिचको अत्यन्तै साँघुरो स्थानबाट कालीगन्डकी बगेको हुनाले यस स्थानलाई “साँघुरे” भनिएको हो । त्यही चट्टानले बनेको पहाडको अत्यन्तै कठिन स्थानमा यो गुप्फा रहेको छ् । यस गुप्फा भित्र बिभिन्न आकृतिका मुर्तीहरु, 2 वटा शिव लिङ  गणेश, नन्दि, ब्रह्मा विष्णु महेश भगवानको मुर्ती, तथा गुफा भित्रको निक्कै अफ्ठ्यारो ठाउमा नाग कुन्ड पनि छ । त्यो पानीको कुवाँमा दुई पाथि जति पानि सधै भरि रहन्छ | जसको माथिल्लो भागबाट नियमित रुपमा जल बर्षा हुने गर्दछ र अचम्मेश्वर शिव लिङमा जल अभिषेक बाह्रौं महिना र चौबिसौं घण्टा जल अभिषेक भैरहन्छ । शिव लिंगमा जल अभिषेक गर्ने स्वयं जलदेवता नै गर्नुहुन्छ । गुप्फाको माथिल्लो भागबाट नियमित रुपमा जल बर्षा हुन्छ र त्यस पानी कालि गंगामा नै मिल्न जान्छ | मुक्तिनाथमा रहेको १०८ वटा गाइको मुख को आकृति भएको धाराबाट कालीगंगा उत्पती भई बगी आएकी गंगाले उत्पती देखी अहिलेसम्म “श्री अचम्मेश्वर” धामको दर्शन गर्नुहुन्छ र त्यहाका त्रिसूल घन्टी भेटीहरु नबगाउने गरि उनैका शक्ती द्वारा आजसम्म रहेको पाएका छौ, जुन प्रकृतिले बरदान श्वरुप दिएको छ, जोखिम पूर्ण स्थानमा रहेको यो गुप्फामा केही बर्ष अघीसम्म मानिसहरु डोरीको सहायताले जाने गर्थे, जुन यात्रा अत्यन्तै खतरनाक मानिन्थियो । हाल यो गुफामा सजिलै सँग जान सकिने बनाएकोछ । यहाँ प्रत्येक शिवरात्रीको दिन मानिसहरुको दर्शन गर्न भिड लाग्ने गर्दछ । बर्खा मासमा बाढी आउने हुँदा यहाँको यात्रामा अलिक कठिनाई हुने हुँदा यात्रा बन्द रहन्छ । बिशेष गरेर यो धाममा श्रावण महिनामा अरु शिव लिंगमा मानिसहरुको दर्शन गर्न भिड लाग्ने गर्छ भने यस श्री अचम्मेश्वर शिव लिङलाई कालि गंगाले दर्शन गरिरहनु भएको छ | यो श्री अचमेश्वर धामको अचम्मेश्वर गुप्फा कहिले देखि पत्ता लाग्यो त ?
भन्ने बिषयमा> श्री अच्चमेश्वर गुप्फा पहिला देखि नै थियो । पहिला रिडीका नेवार समुदायका मानिसहरु आउने गर्थे र रिडीमा माघे-संग्रान्ती मेलामा ब्यवसाय गर्नको लागी स्थानिय बासीहरु खोलामा पानीको सहायतामा बाँस बगाउने गर्थे । एक दिन उक्त बाँस त्यो गुप्फामा अडकियो र स्थानिय मानिसहरुलाई पनि थाहा भयो । तो बेलामा कालि-गंगा र रुद्र-गंगाको उर्लिदो भेल सागर बाढी आउने कारण यो गुप्फा चर्चामा आउन सकेन । पछी मिती २०५७/२०५८ साल तिर कालि-गंगा मिरमी भन्ने ठाउँबाट पहिरो अाई थुनियो र त्यस पछी रुद्र-गंगाको पानि मात्र आउन थाल्यो र सागुरेमा पानिको दह हुदा त्यो ठाँउमा पानी कम भएन । २०६३ सालमा स्थानिय एक ब्यक्तीको जिप दुर्घटना हुनगयो । त्यस अच्चमेश्वर भन्दा माथी बाट त्यो जिप अच्चमेश्वर गुप्फाको आस पासमा खस्यो । त्यस दुर्घटनामा डाईभर भने बाचेका थिए । उनको मावल याडुङ हुनाले उनिले जिप उध्दारको लागि आर्गह गर्नु भयो र स्थानिय बासिहरु सहयाताको लागि त्यस स्थानमा पुगे । त्यस  दुर्धटना परेको जिप खोज्न थाल्ले । त्यस बेला नै श्री अच्चमेश्वर गुप्फा प्रकट रुपमा भेटियो र त्यस श्री अच्चमेश्वर गुप्फामा श्री राजु कुवँर, श्री नारयण श्रेष्ठ, श्री टंक कुवंर र श्री रमेश कुवँर लगायत अरु स्थानियहरुलाई पनि थाहा भयो तर ति 4 जना हरुले पुरा अबलोकन गरि त्यस श्री अच्चमेश्वर गुप्फामा शिव लिङग, गणेशको मुर्ति ब्रम्हा-बिष्णु-महेशका मुर्ति तथा नाग कुण्ड फेला पारे र स्थानियहरुले त्यस बर्षबाट पुजा गर्न थालियो र अहिले लगातार १० वर्ष  भएको छ । त्यस वर्षबाट भक्तजनहरु आउन सुरु गरे तर त्यस श्री अच्चमेश्वर गुप्फामा दर्शन गर्न जाने बाटो नहुदा हामी स्थानिय याडुङ बासीले बाँसको भर्याङ बनाई दर्शन गराउन थालियो ।  अहिलेसंम्म गुल्मीका क्षेत्र न:२ ग्वादि लगायत आसपासका स्थानिय भक्तजनहरु, रिम्मा बलेटक्सार क्षेत्र न:३ अस्लेवा ठुलोलुम्पेक खैरेनि लगायत्का बसिन्धाहरु, स्याङजाका कोटाकोट चरि-भन्ज्याङ लगायत पाल्पा र बुटवलबाट पनि भक्तजन आउने गर्दछन । २०६३ बाट २०६८ संम्म पुजा चलाउनेहरुमा प्रमुख राजु कुवँरले नै सन्चालन गर्नु भएको थियो र भेटी सँकलन कर्ता पनि स्वयम् उहा हुनुहुन्थियो । बि सं: २०६८ माघ २३ गतेको दिन उहाको निधन भयो र त्यस बर्ष पछि नयाँ समिती (जो अहिलेको समिती) हामी हरुले पुजा चलायौ तर कुनै साल भेटी २५०० कुनै साल ३००० जति हुनेगर्दथ्यो । हाम्रो लागानि उतिनै हुन जन्थ्यो किनकि बाँसहरु र पुजाका सामानहरु किन्न पर्ने हुदा भेटी जम्मा हुन पाएन । त्यस  बर्ष पछि (स्वयम) म श्रीधर कुवँर र टंक कुवँर मिली बर्षमा ५००० “पाँच हजार” जति पठाउने र पुजा चलाउने गरियो । हामि दुइले सोच्यौ कि प्रदेशमा सधै बसेर हुन्न होला र भोलिका दिनमा गाँउमा बस्दा पनि पुजा चलाउन सकियोस भन्ने बिचारबाट ५००० जति रकम पठाउने गर्यौ  । त्यस सालबाट केहि भेटि उठेको रकम बचेको छ र यो २०७० सालमा हामि केहि रकम संकलन गर्ने गरेका छौं । म गाँउ गई सबै स्थानिय तथा वरपरका मान्यजनहरुलाई निवेदन लेखि रेडियोमा पनि सुचना प्रसारण गरि मिती २०७० /०७/ ०५ गते मंगलवारको दिन ग्वादि गा.बि.स वाड नं ५ याडुङ सागुरे मा श्री अचम्मेश्वर शिला सँरक्षण निर्माण तथा व्याबस्थापन का निम्ति सम्पुर्ण ग्वादि बासी तथा आसपास का मान्यजनहरुको उपस्थित भई श्री अचम्मेश्वर समिति गठन गरिएको छ । बिगतका बर्ष देखि केहि संकलन गरेको पैसा (kasthamandap development bank)
काष्ठमण्डप डेभलपमेन्ट बैंक मा अच्चमेश्वर को नाममा खाता खुलाइएको छ Account name: Shree achhammeshwor shila no: 002051570C

यातायातः
केही बर्ष अगाडिसम्म गुप्फामा जाने बाटो असजिलो थियो । कतिपय भक्तजन अझै पनि उक्त असजिलोका कारण अहिलेसम्म घाँस काट्ने बाटोबाट नै जाने गर्दछन् । त्यस बाटोबाट बुढा भएका भक्तजनहरु, जान केहि समय लाग्दछ । कालि गँगामा स्नान गरि गुप्फामा जाने बाटो बाँसको भर्याङबाट जानु पर्दछ । त्यस यात्रा धेरै जोखिम र खतरनाक छ / त्यस यात्रागर्न नसक्नेहरु तलबाट नै दर्शन गरि फर्कने गर्दछन । जोखिम पूर्ण स्थानमा रहेको यो गुप्फामा केही बर्ष अघीसम्म मानिसहरु डोरीको सहायताले जाने गर्थे, जुन यात्रा अत्यन्तै खतरनाक मानिन्थियो। हाल यो गुफामा केही मात्रामा सजिलै सँग जान सकिने बनाएकोछ ।

यात्रा समयः
यस श्री अचम्मेश्वर धाम मन्दिरमा प्रत्येक शिवरात्रीको दिन मानिसहरुको दर्शन गर्न भिड लाग्ने गर्दछ । पुरा श्रावण महिनामा अरु शिव लिङ मा भन्दा पनि अझै उल्येखिय भक्तजनहरुको उपस्थिती रहने गर्दछ । मानिसहरुको दर्शन गर्न भिड लाग्ने गर्छ

ध्यान दिनु पर्ने कुराः
यस धाममा पूजापाठ तथा दर्शन गर्न आउँदा जुत्ता–चप्पल, छालाजन्य बस्तुहरुलाई मन्दिरको मुख्य गेट बाहिर राखि मन्दिर प्रबेश गर्नु पर्नेहुन्छ । श्री अचम्मेश्वर धाम मन्दिर परिषर भित्र धुम्रपान, मद्यपान पुरै मनाही छ ।

खान र बस्ने व्यवस्थाः
हालको परिपेक्षमा मूख्य शहरमा आगन्तुक दर्शनार्थीहरुले स्वयम खानेको ब्यबस्था मिलाई यात्रा गर्नु पर्ने छ ।

यस धाममा यात्राको व्यवस्थाः

पहिरनः
यो मन्दिर दर्शनमा आएमा रमाउँन र त्यस दिनको समयको मज्जा छुट्टै बटुलिने छ । सभ्य र सु–संस्कृत सहितको पहिरन लगाई धाम दर्शन गरे आप्नो मनोकान्क्षा पुरा हुने बिश्वास रहेको छ ।

यस क्षेत्रको महत्वः
वैदिक पौराणिक र एैतिहासिक कालखण्डहरुमा हिमवत भूभागका इष्टदेवता भगवान शिवले हिमाली र पहाडी भेगमा अनेकौं गुफा र कन्दराहरुमा बसेर विभिन्न समयमा असत्य पक्षलाइ संहार गर्दै सत्यका पक्षधरलाइ संरक्षण प्रदान गरेको प्रसङगहरु हाम्रा पुराणहरुमा प्रसस्त सुन्न पाइन्छ । यसै क्रममा म आज गुलमी जिल्लाको ग्वादि गा वि स मा रहेको श्रीअचम्भेश्वर महादेवको जाने बुझे सम्मको चर्चा यो संस्थाको साइटबाट राख्न सुरु गरिएको छ ।  मुक्तिनाथ मा रहेको १०८ वटा गाइको मुख को आकृति भएको धारा बाट कालीगंगा उत्पती भई बगी आएकी गंगा ले हरसाल श्री अचम्मेश्वर दर्शन गर्नुहुन्छ। र त्यहा का त्रिसूल घन्टी भेटी हरु नबगाउने गरि रहेको पाएका छौ, जुन प्रकृतिले बरदान श्वरुप दिएको छ, साउन महिनाको सोमबार भगवान् शिवको पूजा गरि शिव मन्दिरहरुमा सुख, शान्ति तथा सौभाग्यको कामना गर्दै हरियो बस्त्र र आभूषणमा सजिएका महिलाहरुको विशेष भिड लाग्छ ।

श्रीधर कुँवर ज्युको भनाइ

तलको भिडियो हेर्न क्लिक गर्नु होला र थप् जानकारी लिनुहोला ।

श्री अचम्मेश्वर शिव-लिङ धामका केही रमणिय तस्बिरहरु:-

BolBam kali-gandaki

 

shilaa 2

shilaa 3 shilaa 4 shilaa 5

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*