ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.1 ताप्लेजुङ जिल्ला (Taplejung District) :: कन्चनजंघा हिमश्रृंखला : विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल

कन्चनजंघा हिमश्रृंखला : विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल

imagesकन्चनजंघा हिमश्रृंखला क्षेत्रः कन्चनजंघा हिमश्रृंखला भित्र पर्ने कन्चनजंघा हिमालको उचाई ८५८६ मि. रहेको छ । यो हिमाल विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल हो । यो ठाउँमा पुग्नको लागि ताप्लेजुङ्गको फुङलिङ्गबाट उत्तरी मोहडा पैदल बाटोको यात्रामा सिवा – छिरुवा – लेलेपको भु–भाग हुँदै पैदल मार्ग–घुन्सा–खाम्पाचेन हुँदै कन्चनजंघा आधार शिबिर करिब ११ दिनको पैदर यात्रा सफर । त्यस्तै अर्को दक्षिण मोहडा पैदल बाटोबाट यात्रा गर्दा ताप्लेजुङ्गको फुङलिङ्ग सुकेटार हुँदै लालीखर्क–खेसेवा–मामांखे–याम्फुदिन–चेराम–हुँदै कन्चनजंघा आधार शिबिर करिब ९ दिनको पैदर यात्रा तय पश्चात पुगिने  यो हिमश्रृंखलाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र पूर्वमा भारतको स्वशासित क्षेत्र सिक्कीम पर्दछ । यो हिमश्रृंखलामा विश्वको सबै भन्दा धेरै ७००० मिटर भन्दा अग्ला हिमालहरु भन्दा अग्ला हिमालहरु छन् । जसमा काम्बोचेन ७९०२ मिटरको अग्लो, जानु ७७१० मिटर अग्लो, जोसाङ ७४८४ मिटरको अग्लो, टेन्ट पिक ७३६५ मिटरको अग्लो, कावु ७३५३ मिटरको अग्लो, यालुङ ७३४२ मिटरको अग्लो, किरातचुली ७२१५ मिटरको अग्लो, प्यारामिड पिक ७१२३ मिटरको अग्लो, जनक (कुम्भकर्ण) ७०९० मिटरको अग्लो, टुविन्स ७००४ मिटरको अग्लो, कन्चनजंघाको पश्चिम दिशा तर्फ ८५०५ मिटरको अग्लो र दक्षिण तर्फ ८४७६ मिटरको अग्लो रहेको छ । साथै सुन्दर घाँसे मैदान जैविक विविधता र शेर्पा संस्कृतिसँग पनि रमाउन सकिन्छ । डाटा संकलनको क्रम पुरा हुन बाँकी…….

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*