ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.4 झापा जिल्ला (Jhapa District) :: कनकाईधाम धार्मिक विकास संस्था> “कोटिहोम धाम” झापा

कनकाईधाम धार्मिक विकास संस्था> “कोटिहोम धाम” झापा

कनकाईधाम कोटिहोम पूर्वाञ्चलको एउटा महत्वपूर्ण धार्मिक पर्यटन क्षेत्र हो । यो धाम नेपालको झापा जिल्लाको कनकाई नगर पालिका अन्तर्गत कनकाई माई नदीको पूर्वीय तटमा पर्दछ । बिगत २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाईमा  यहाँ एउटा  बृहत् धार्मिक अनुष्ठान कोटिहोम माहायज्ञ गरिएको थियो, त्यस पश्चात यस स्थानलाई कोटिहोम भनिन थालियों र पछि संस्थागत हुदै गएपछि कनाकाईधामको रुपमा बिकसित भयो । यस धार्मिक पर्यटन छेत्रको विकास कोषको लागि कनकाईधाम धार्मिक विकास संस्था कोटिहोम  सुरूंगा नामक निकायले यहाकों सर्बांगिन विकासको लागि कार्य गरिरहेको भएपनि यहाँ अरु २ दर्जन जति साना ठूला संघ-सस्थाहरूले आ-आफ्ना गतिबिधि गरिरहेको पाईन्छ । कोटीहोममा  २०४२ सालमा माहायज्ञ गरिएको ठाउमा रहेको अग्नी आज पर्यन्त अबिछिन्न प्रज्वलित छ र सोही स्थानमा रहेको यहाकों शिवपाञ्चायन मंन्दिर हाल पक्की रुपमा निर्माण भै सकेको  छ । यस बाहेक यहाँ दर्जनौ पाटी, पौवा, धर्मशाला र मंन्दिरहरु  अबस्थित छन  । यस धार्मिक परिसरमा हाल निर्माणाधीन उद्यान बाटिकाले यॅहा आउने जो सुकैले वास्तविक शान्ति र मनोरंञ्जन  प्राप्त गर्दछ्न ।
कोटिहोममा बार्षिक  पाँच लाख धार्मिक दर्शनार्थी  तथा पर्यटक आउने गरेको संस्थाको रेकर्डबाट देखिन्छ | बिशेष गरी  यहाँ आउने मानिसहरु पूजा आजा, बिबाह, ब्रतबंन्ध, पुराण आदि धार्मिक कार्य गर्न साथै दैनिक ब्याबहरिक जीवनको अस्त ब्यस्तता, शहरी कोलाहलपूर्ण वातावरणबाट मुक्ति पाउन, घुम्नको लागी यहाँ आउने चलन छ । यस बाहेक यो स्थान नेपालमा  सबै  भन्दा  बढी  थर  गोत्रीय संस्थाहरू एकिकृत भएको धाम पनि यो मात्र हो | साथी योगी नरहरिनाथले   नेपालमा लगाएका १०० भन्दा बड़ी कोटिहोम मध्ये यो तेर्हौ कोटिहोम हो र महायज्ञ पश्चात् सबै भन्दा बढी विकसित भएको  क्षेत्र  पनि संभवत: यो नै हो । यँहाको कनकाई नदी किनारको खुल्ला र शान्त तटीय क्षेत्र, हरियालिपूर्ण जंगल, नजिकै  देखिने चूरे पहाडको  मनोरम दृश्य, कनकाई  नदीको स्नान योग्य स्वच्छ चिसो पानी र सर्व सुलव सुगम क्षेत्र भएको कारण सबैको  मन जित्न सफल हुदै गए पनि संस्थाको सिमित साधान स्रोतको कारणले यँहा पर्यटकहरुको लागि सुबिधायुक्त भवनहरू निर्माण हुन थालेको छ ।

यातायातः
यातायातको लागि कनकाई न.पा. वडा नं-४, मा रहेको यो धाम महेन्द्र राजमार्ग अन्तर्गत नेपालकै लामो कनकाई नदीको पुलको पुर्बिय तटमा रहेको “कनकाई धाम धार्मिक विकास संस्था” कोटीहोम धामसम्म आउनको लागि पक्कि सडक रहेकोले यहा आउँन प्रशस्त रुपमा सवारी साधन पाईने छ । साथै भद्रपुर विमान स्थलबाट बस तथा ट्याक्सीबाट पनि सिधै बिर्तामोड, सुरुङ्गा हुँदै यो धाममा  आउन सकिन्छ ।

यात्रा समयः
टाडा टाडाबाट बिवाह, ब्रतबन्ध, पुराण आदिका लागि सधै घुइचोका साथ्  मानिसको उपस्थिति हुने गर्दछ साथै यस क्षेत्रमा चलचित्र सुटिङ्ग गर्न पुजा गर्न, दृष्य अवलोकन गर्न आउने गर्दछन् ।

ध्यान दिनुपर्ने कुराः
धुम्रपान, मध्यपान, मांसहार एबं मर्यादा बिपरित कार्य गर्न पाइदैन् । धाम दर्शनमा आएका तिर्थालु पर्यटकहरुले धाम भित्र समिति मार्फत बन्देज लगाइएको कार्य बिपरित कुनै कार्य गर्न पाइनेछैन।

खाना र बस्नको ब्यबस्था:
धाम परिसरको नजिकै रहेको होटेल अती सुबिधा युक्त सुरुङामा रहेको होटेलमा जस्तै Hotel Delight (होटेल डिलाइट) Pathivara Hotel Lodge & Party Palace Damak, (पाथिभरा होटल लज एण्ड पार्टी प्यालेस दमक, Hotel Katyayani Inn Damak, (होटेल कात्यायनी ईन), Senior Hotel & Lodge (सिनियर होटेल दमक), Hotel Deurali & Lodge Damak (होटेल देउराली एण्ड लज दमक) यी होटलहरु मुख्य पेजको दायाँभागमा रहेको लोगोबाट पूर्णरुपमा जानकारी लिन सक्नुहुनेछ । यी सुबिधा सम्पन्न पार्किङ् ब्यबस्था भएको होटेलहरु यहाँहरुको सधैं सेवामा रहेका छन ।

पहिरनः
यस क्षेत्रमा आउने आगन्तुक पाहुनाले समय अनुकुल, मौसम अनुकुल पहिरन लगाई आए हुनेछ । यस क्षेत्रमा आउन पर्यटकलाई कुनै निश्चित पहिरन तोकिएको छैन ।

यस क्षेत्रको महत्वः
यस  कनकाई माईको चिसो जलमा स्नान गर्न, रमाउन आउने भएकाले यस क्षेत्रको ठूलो महत्व बढ्दै आएको छ ।

अन्य आकर्षणः
यस क्षेत्रमा पर्यटकहरुले चुरे पहाड भएकोले बिभिन्न बस्तुहरुको अन्वेशण गर्न सकिने स्थान हो । यस ठाउँमा चुरे पहाड भित्र रहेको हरियाली वनस्पति, जडिबुटि, जङ्गली वन्यजन्तु, कनकाई नदीको बहाव, चुलीबाट ईलाम जिल्ला भित्रका बिभिन्न स्थानहरुको अवलोकन गर्न र झापाका तराईका फाँटहरुलाई दृष्य अवलोकन गर्न  यस क्षेत्रमा बिभिन्न जातजाती, भाषा, धर्म, संस्कृति, रितिरीवाज, परम्परा, भेषभुषा र संस्कारको जगेर्ना गर्दै भाईचारा सम्बन्धलाई बलियो बनाई बिभिन्न जात–जातीहरुका मानिसहरुको बसोबास रहेको छ ।

श्री दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाका अन्य आकर्षण तस्बिरहरु:

800px-Kotihom_temple_and_garden

IMG_4765 copy

IMG_4769 4R

Kankai bridge

Picture 006

About admin

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*